सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालबाट १ अर्ब ३८ करोडको पास्ता निर्यात

२०७९ जेठ ७, ०५:५७ खबर संवाददाता

धनगढीः चालू आर्थिक वर्ष २०७८र७९ मा नेपालबाट १ अर्ब ३८ करोड रुपैयाँ बराबरको पास्ता निर्यात भएको छ। पछिल्लो समय नेपालबाट धेरै निर्यात हुने वस्तुहरूको सूचीमा पास्ता समेत पर्न थालेको छ। नेपालमा उत्पादित पास्ता एसियन, युरोपियन तथा अमेरिकी मुलुकमा निर्यात हुन थालेको हो। 

नेपालबाट, भारत, अमेरिका, जापान, सिंगापुर, हङकङ, अष्ट्रेलिया, यूरोप तथा अमेरिकामा पास्ता निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ। यीमध्ये भारतमा सबैभन्दा धेरै पास्ता निर्यात हुने गरेको छ। भारतमा चालू आर्थिक वर्षको ९ महिनामा ९६ करोडभन्दा धेरैको पास्ता निर्यात भएको छ। यस्तै, अमेरिकामा १२ करोड, बेलायतमा १ करोड ३२ लाखको पास्ता निर्यात भएको छ। यसैगरी, कतार, मलेसिया, क्यानडा, डेनमार्क, भुटान र इटाली लगायतका मुलुकमा समेत पास्ता निर्यात हुँदै आएको छ।

कमेन्ट लोड गर्नुस