कञ्चनपुरको भीमदत्तमा कांग्रेसको अग्रता कायमै, पछिपछि एमाले
धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका पदम बोगटीले १० हजार ५६३४ मतका साथ अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार बोगटीले १० हजार ५६३ मत प्राप्त गर्दा नेकपा एमालेका महेश पन्तले ५ हजार ३९८ मत ल्याएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका जगेन्द्र बहादुर चन्दले ५ हजार ३१७ मत ल्याएका छन्।
उपमेयरतर्फ पनि नेपाली कांग्रेसकी निलम लेखकले ८ हजार १९६ मतसहित अग्रता लिएकी छन्। उनलाई नेकपा माओवादी केन्द्रका कृष्णदत्त जोशीले ७ हजार ३१८ मतसहित पछ्याइरहेका छन्।