बिरामी रोएको भन्दै अस्पतालले पठायो पाँच हजारको बिल
काठमाडौँः अमेरिकाको एक अस्पतालले डाक्टरलाई भेट्दा बिरामी रोएको भन्दै करिब ५ हजार नेपाली रुपैयाँ बराबरको बिल पठाएको छ। एक अमेरिकी महिलाले अस्पतालको बिल नै राखेर रोएको मात्र ४० अमेरिकी डलरको बिल पठाएको बताएकी छिन्।
अमेरिकी युट्युब कन्टेन्ट क्रिएटर कामिल जोन्सनले आफ्नी बहिनीको अस्पतालको बिल सामाजिक सञ्जालमा राखेकी हुन्। उनले लेखेकी छिन्, ‘मेरी बहिनी वास्तवमा नै कमजोर स्वास्थ्य अवस्थासँग जुधिरहेकी थिइन् र अन्ततः डाक्टरलाई भेट्न गइन्। उनीहरुले रोएको मात्र ४० डलरको बिल काटे।’
जोन्सनले डाक्टरहरुले बहिनी किन रोइन् भनेर बुझ्नुको सट्टामा रोएको नै ४० डलरको बिल काटेको भन्दै आक्रोश व्यक्त गरेकी छिन्।