सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा ५० लाखको लगानीमा होटल ‘क्याम्प एण्ड फायर’ सञ्चालनमा 

२०७९ जेठ ५, ०८:०५ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याइएको छ। कुमार बडैलाले गोदावरी नगरपालिका–४ गोदावरीमा करीव ५० लाखको लगानीमा होटल गोदावरी ‘क्याम्प एण्ड फायर’ सञ्चालनमा ल्याएका हुन्। 

धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको गोदावरी क्षेत्रमा घुम्न आउने पर्यटकहरुको सहजता लगायतका कुरालाई ध्यानमा राखेर होटल सञ्चालनमा ल्याइएको सञ्चालक बडैलाले बताए। 

उनकाअनुसार उक्त होटलमा एसी, नन एसी कोठा, रेष्टुरेन्ट, बार, मिटिङ हल, क्याटिरिङ तथा क्याम्पीनिङ सम्मको सुविधा रहेको छ। 

कमेन्ट लोड गर्नुस