सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका पालिका प्रमुखहरूले शपथ लिए

२०७९ जेठ ५, ०५:०० खबर संवाददाता

डडेल्धुराः डडेल्धुराका नवनिर्वाचित सात पालिका प्रमुखहरूले शपथ लिएका छन्। बिहीवार दुई नगरपालिका र ५ गाउँपालिका प्रमुख तथा अध्यक्षले जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले नवनिर्वाचित प्रमुख तथा अध्यक्षलाई शपथ खुवाएका हुन्।

अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशी, आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, अजयमेरुका अध्यक्ष उमेशप्रसाद भट्ट(विकास), गन्यापधुरा अध्यक्षका इन्द्रबहादुर कार्की, नवदुर्गाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी र भागेश्वर गाउँपालिकाकाका अध्यक्ष हेमराज चटौतले लिएका छन्।

हालै सम्पन्न स्थानीय तह चुनावमा यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए। यस्तै माओवादी २ स्थानीयतहमा विजयी भएको छ। जिल्लाका ५२ मध्ये २९ वडामा कांग्रेस विजयी भएको छ। माओवादी केन्द्रले १४, एमालेले तीन, नेकपा एकीकृत समाजवादीले दुई, बीपी कांग्रेसले दुई र स्वतन्त्रले दुई वडा जितेका छन्।
 

कमेन्ट लोड गर्नुस