देशभर ६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौंः पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८५६ जनाको पीसीआर परीक्षणमा ६ जना र ६१७ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी ६ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएका छन् भने हाल देशभर १४७ जना सक्रिय संक्रमित रहेका छन्। बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २३७ पुगेको छ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार९२९ जना संक्रमणमुक्त भएका छन्।