कञ्चनपुरको भीमदत्तमा काँग्रेसको अग्रता, दोस्रोमा राप्रपा
२०७९ जेठ ४, ०१:२६
धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। अहिलेसम्म कांग्रेसबाट मेयरका उम्मेदवार पदम बोगटीले २८८४ पाएर अग्रता गरिहेका छन्। बोगटीलाई राप्रपाका मेयरका उम्मेदवार गजेन्द्र चन्दले ११४५ मत पाएर पछ्याइरहेका छन्। नेकपा एमालेका महेश पन्तले भने १०६७ मत मात्रै पाएका छन्। यस्तै उपमेयरमा पनि कांग्रेसकै अग्रता रहेको छ।
उपमेयरमा कांग्रेसले २१४० मत पाएको छ भने माओवादी केन्द्रका उम्मेदवारले १९१७ सहित पछ्याइरहेका छन्।
कमेन्ट लोड गर्नुस