अछामको मंगलसेनमा एमालेका उम्मेदवार विजयी
अछाम: अछामको सदरमुकाम मंगलसेन नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन्।
मेयरमा एमालेका उम्मेदवार पदमबहादुर बोहरा निर्वाचित भएका छन् भने उपमेयरमा एमालेकै संगीता रावल सोडारी विजयी भएकी छन्। बोहराले ५ हजार ७ सय ३७ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नमबहादुर शाहीले ५ हजार २ मत प्राप्त गरे।
उपमेयरमा एमालेकी उम्मेदवार सोडारीले ५ हजार ७ सय १९ मत प्राप्त गरेर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका बम रावलले ३ हजार ७५ मत प्राप्त गरेका थिए।
गत निर्वाचनमा नगर प्रमुख बोहरा कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएका थिए।