डडेल्धुराको परशुराममा कडा प्रतिस्पर्धा, कांग्रेस र माओवादीबीच टक्कर
डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकाको प्रमुखको मतगणना रोचक बनिरहेको छ। त्यहाँ कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भरत बडाएर जोशी र नेकपा माओवादी केन्द्रका शेरसिंह माल ‘डायमण्ड’ बीच कडा टक्कर भइरहेको छ।
पछिल्लो मनगणना नजिता अनुसार माल ५ हजार १३८ मत ल्याएर अगाडि छन् भने कांग्रेसका जोशी ५ हजार ५६ मत ल्याउदै पछिपछि छन्। उनीहरुबीच ८२ मतको अन्तर छ।
यस्तै उपप्रमुखमा माओवादीका उम्मेदवार बिमला महताले ५ हजार २०१ र काँग्रेसका उम्मेदवार कलावती बोहराले ३ हजार ९८३ मत पाएकी छन्। अहिले त्यहाँ गणना गर्न बाँकी रहेका मध्ये वडा नम्बर ११ को मत गनिदै छ। यसपछि वडा नम्बर १२ को मत गणना गर्न बाँकी छ।