सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री बडूको जिल्ला दार्चुलामा कांग्रेस ‘निल’

२०७९ जेठ ३, ११:०८ खबर संवाददाता

धनगढी: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा नेपाली कांग्रेस ‘क्लीन स्वीप’ भएको छ।

दार्चुलामा यसपटक नेकपा एमाले र माओवादीका उम्मेदवारहरुले जित हात पारेका छन्। गत निर्वाचनमा ९ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ५ क्षेत्रमा जित हात पारेको थियो। तर यसपटक भने कांग्रेस जिल्लामा शून्य भएको छ। ९ मध्ये ५ मा नेकपा एमालेका उम्मेदवार प्रमुख पदमा जितेका छन् भने ४ मा माओवादी केन्द्र विजयी भएको छ। 

कहाँ कसले जिते ?
नेकपा एमाले
दुहुँ गाउँपालिका, नरेन्द्रबहादुर सिंह बडाल 
ब्यास  गाउँपालिका, मंगलसिंह धामी
महाकाली नगरपालिका, नरसिंह चैसिर
मालिकार्जुन गाउँपालिका , हिरासिंह धामी
शैल्यशिखर नगरपालिका, विजयसिंह धामी

माओवादी केन्द्र
अपि हिमाल गाउँपालिका, भक्तसिंह बोहोरा
नौगाड  गाउँपालिका, दलजीत सिंह धामी 
मार्मा  गाउँपालिका, जमनसिंह धामी
लेकम गाउँपालिका, रामदत्त जोशी 
 

कमेन्ट लोड गर्नुस