कैलालीमा वन पैदवार संघले काठ वितरणमा मनोमानी गरेको आरोप
संघको कार्यालयमा तालाबन्दी
कैलाली वन पैदवार संघले काठ वितरणमा मनोमानी गरेको भन्दै काठ व्यवसायीहरु आन्दोलित भएका छन। प्रत्यक वर्ष वितरण हुदै आएको काठ यस वर्ष वितरण गर्दा संघका पदाधिकारीले मानोमानी गरेको भन्दै काठ व्यवसायीहरु आन्दोलित भएका हुन। व्यावसायीले आज संघको कार्यालयमा तालाबन्दी समेत गरेका छन भने लाखौ रकम हिनामीना गर्न खोजेको आरोप समेत लगाएका छन। कैलाली वन पैदावार संघका पदाधिकारीले सूचना सार्वजनिक नै नगरि आफु र आफ्ना आफन्तलाई काठ वितरण गरेको व्यवसायीहरुले बताएका छन। संघले छुट्याउदै आएको लिलामको काठको पनि यो वर्ष कुनै हिसाव किताव नरहेको भनाई काठ व्यवसायीहरुको रहेको छ। तर वन पैदावार समितिले भने काठ वितरणमा कुनै मनोमानी नगरेको दावी गरेको छ। मंगलबार संघको कार्यालयमा तालावन्दी गरेर व्यावसायीहरु आन्दोलनमा उत्रिएका छन।
संघले कुनै पनि काम कारवाही पारदर्शी तरिकाले नगरेको आरोप उनीहरुको रहेको छ। सबै काठ व्यवसायीहरुलाई मिलाएर लैजानुको सट्टा पदाधिकारीले एकलौटी रुपमा आफ्ना आफन्त तथा नजिककालाई काठ वितरण गरेको र ठूलोको रकमको हिनामिना गर्न खोजेको आरोप काठ, व्यवसायी विरेन्द्र सिंहले लगाए। संघको कार्य समिती चयनको भएको तीन वर्ष हुँदा पनि कार्य समितीले साधारण सभा गर्न नचाहेको आरोप व्यावसायीहरुको रहेको छ भने तत्काल साधारण सभा गरेर नयाँ कार्य समिती चयन गर्नु पर्ने माग समेत राखेका छन। सबै व्यवसायीहरुलाई मिलायर लैजानुको सट्टा उल्टै संघले अगाडी गरेका निर्णहरुको वेवास्ता गरी मनोमानी तरिकाले लाखौँ रकम भ्रष्टा«चार गर्ने गरि आफ्ना नजिकका र आफन्तलाई मात्र काठ वितरण गरेको व्यवसायीले बताएका छन।
कैलाली वन पैदावार संघको कार्य समितीले तीन वर्षसम्म संघको आम्दानीको कुनै विवरण समेत सार्वजनिक नगरेको आरोप लागेको छ। व्यावसायीसंग पहिलु भएको सहमति विपरित काम भईरहेकोले आफुहरु आन्दोलनमा जानु परेको व्यवसायीले बताएका छन। व्यवसायीलाई बचाउने, साना व्यवसायीलाई माथि उठाउने काम गर्नुको सट्टा संघले व्यवसायीहरुलाई नै धरापमा पार्न खोजेको व्यवसायी रतन विष्ट बताए। काठ वितरण गर्दा सूचना सार्वजनिक गरि टेण्डर आह्वान गर्ने र व्यवसायीलाई छनोट गरि वितरण गर्नु पर्ने प्रवाधान रहेको छ। प्रत्यक वर्ष लिलाम जाने काठ मध्यको केहि अंश समेत संघले नै पाउने व्यवस्था रहेको छ तर संघले त्यो काठको पनि विवरण तथा जानकारी कुनै व्यवसायीलाई गरेको छैन। संघका महासचिव गौरीलाल ओझाको भने काठ वितरणमा मनोमानी नगरेको दावी गरेका छन।