बझाङको बुङ्गलमा कांग्रेसका धामी, उपमेयरमा समाजवादीका बोहरा
बझाङ: बझाङको बुंगल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार जयबहादुर धामी निर्वाचित भएका छन्। उनले ७ हजार ६ सय १५ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनदेवी कुँवरले ३ हजार २७१ मत ल्याएकी थिइन्।
यस्तै उपमेयरमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बोहरा निर्वाचित भएका छन्। उनले ६६४६ मत ल्याएका छन्। एमालेका उम्मेदवार अम्मराज जोशीले २ हजार ९३२ मत प्राप्त गरेका थिए।
११ वडा रहेको बुङ्गल नगरपालिकामा ८ वडामा गठबन्धन विजयी भएको छ भने ३ वडामा स्वतन्त्रले जितेका छन्।