सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा आलितालमा माओवादीका पार्की र रावल विजयी

२०७९ जेठ १, १०:५० खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल बोहरा निर्वाचित भएका हुन्। कांग्रेसका बलबहादुर गुरुङलाई हराउँदै अध्यक्ष पार्की र कांगेसकै जलाकुमारी विष्ट ९बोगटी०लाई पछि पार्दै मैना उपाध्यक्षमा विजयी भइन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाटै पालिका अध्यक्षमा गुरुङ २ हजार २६१ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर पार्कीले २ सय ९८ मत पाएका थिए।

गुरुङले जगतलाई १ सय ६३ मतले हराएका थिए। अहिले जगतकै ‘सहोदर भाइ’ शेरले गुरुङसँग हारको बदला लिएका छन्। पालिका उपाध्यक्षमा जला २२ सय ४२ मत विजयी भएकी थिइन्। त्यतिबेला माओवादी केन्द्रकी शुशीलादेवी खत्रीले १९ सय ९४ मत ल्याएर पराजित भएकी थिइन्।

कमेन्ट लोड गर्नुस