बाजुराको स्वामिकार्तिकमा काँग्रेस विजयी
बाजुराः बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन्। काँग्रेसबाट अध्यक्ष भरतबहादुर रोकाया र उपाध्यक्ष मैना जोशी विजयी भएका हुन्।
रोकायाले २ हजार ११ मत ल्याएका छन् भने प्रतिद्धन्दी एमालेका चतुरभुज शाहीले १७ सय ५७ सय मत ल्याए। यस्तै उपाध्यक्ष मैना जोशीले १८ सय १० ल्याएकी थिइन् भने प्रतिद्धन्दी एमालेकी सुलोचना भण्डारी बुढाले १६ सय ३७ ल्याइन्।