सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अजयमेरुमा माओवादी अगाडि, कांग्रेस ८५ मतले पछाडि 

२०७९ जेठ १, ०५:३६ खबर संवाददाता

डडेल्धुराः कार्यसम्पादन मूल्यांकनमा पहिलो बनेको डडेल्धुराको अजयमेरु गाउँपालिकाकाे अध्यक्ष  पदमा माओवादीका उम्मेदवारले अग्रता लिएका छन्।  

पूर्व गाउँपालिका अध्यक्ष समेत रहेका उमेशप्रसाद भट्ट(विकास)ले ११८५ मत पाएका छन्। उनका प्रतिद्वन्दी कांग्रेसका टेकराज पाण्डेयले ११०० मत प्राप्त गरेका छन्। ३८८९ मत गणना हुँदा एमालेका पदम पालले ९ सय ४१ मत पाएका छन्। त्यहाँ २९६ मत बदर भएका छन्।  

कमेन्ट लोड गर्नुस