अमरगढीको प्रमुखमा काँग्रेसको अग्रता कायमै, वडा नम्बर ४ र ५ मा कसको कति ?
डडेल्धुराः डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसको अग्रता कायमै छ। ३४२८ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले १४४० र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले १००९ मत पाएका छन्।
यस्तै उप प्रमुखमा काँग्रेसका उमेदवार पार्वती झुकालले ११५६ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले १०७१ मत पाएका छन। अमरगढीको ४ र ५ नम्बर वडाको मत गणना हुँदा यो परिणाम आएको हो।