सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको अपिहिमालमा अध्यक्ष र उपाध्यक्षसहित सबै वडामा गठबन्धनका उम्मेदवार विजयी

२०७९ जेठ १, ०३:४३ खबर संवाददाता

दार्चुला: दार्चुलाको अपिहिमाल गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार भगतसिंह ठेकरे (बोहरा) निर्वाचित भएका छन्।   उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी देवकी बोहरा निर्वाचित भएका छन्।  

अन्तिम मत परिणामअनुसार ठेकरेले २ हजार ३१२ मत प्राप्त गरेका छन्। उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार धर्मानन्दसिंह मन्याललाई ९१९ मतान्तरले पराजित गरेका हुन्। पराजित मन्यालले १ हजार ३८५ मत ल्याएका थिए।     गत निर्वाचनमा मन्याल वियजी भएका थिए, भने ठेकरे मन्यालँगै पराजित भएका थिए। 

यस्तै उपाध्यक्ष निर्वाचित नेपाली कांग्रेसकी देवकी बोहराले २ हजार २७ मत ल्याएकी छिन्। उनकी प्रतिद्वन्द्वी एमालेकी उर्मिला बोहराले १ हजार ३ सय ९१ मत पाएकी छिन्।   

उक्त गाउँपालिकाको वडाहरुमा समेत गठबन्धनकै उम्मेदवार विजयी भएका छन्। छ वटै वडामा एमाले उम्मेदवार पराजित भएको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस