समायोजन अगाडि बढाउन निर्देशन
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिअन्तर्गत सार्वजनिक संस्थान उपसमितिले नेशनल ट्रेडिङ कम्पनीलाई नेपाल खाद्य संस्थानमा समायोजन गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ।
उपसमितिका सभापति प्रकाश रसायलीको सभापतित्वमा सोमबार बसेको बैठकले कम्पनीको चलरअचल सम्पत्तिको अभिलेख संकलन गरी संस्थानमा समायोजन गर्न सरकारलाई निर्देशन दिएको हो।
संस्थानले ३३ हजार खाद्य सामग्री मौज्दात गर्नुपर्नेमा हाल सो मौज्दात नरहेकामा उपसमितिले सातै प्रदेशमा आवश्यकताअनुसार खाद्य वस्तुको मौज्दात गर्न सुझाएको छ। संस्थानले विभिन्न समयमा सरकारसँग रु १० करोड ८० लाख बराबरको मुआब्जा लिन बाँकी रहेकाले सो रकम प्राप्त गर्नका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्न उपसमितिले आग्रह गरेको सदस्य सरिताकुमारी गिरीले जानकारी दिए। रासस