डडेल्धुराको नवदुर्गामा कांग्रेसलाई टक्कर दिँदै समाजवादी
डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिकामा काँग्रेस अगाडि छ। तर उनलाई एकीकृत समाजवादीले पछ्याउदै छ।
त्यहाँ कांग्रेसका उम्मेदवार लक्ष्मी अवस्थीले १२०३, एकीकृत समाजवादीका कविन्द्र बिष्टले १२०१ र नेपाली कांग्रेस विपीका उम्मेदवार गोकुल शाहीले ७५२ मत पाएका छन् भने माओवादी केन्द्रका धर्म बिकले ४८५ मत प्राप्त गरेका छन्।
यस्तै उपाध्यक्षमा कांग्रेसका उमेदवार निर्मला बिष्टले १४१८, नेकपा एमालेबाट वीरबहादुर बिष्टले ३६९ र एकीकृत समाजवादीका चन्द्रा रुपालीले १०५० र माओवादी केन्द्रकी बिस्ना बोहराले ५२४ मत पाएकी छन्।
नवदुर्गाको वडा नम्बर १, ३ र ५ को मतगणना सम्पन्न भएको छ। एकमा काँग्रेसका उम्मेदवार तीनमा माओवादी केन्द्र र पाँचमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ।