हेलिकोप्टरबाट सिँचाइ गर्छु भन्ने ठकुराठीलाई ४ मत
डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिकामा स्वतन्त्रतर्फ अध्यक्षको उम्मेदवारी दिएका खडक ठकुराठीले हालसम्म ४ मात्रै मत पाएका छन्। उम्मेदवारी दर्ता गराउनु अघि चुनावी घोषणा पत्रमा उनले हेलिकोप्टरबाट बीउ छर्ने र हेलिकोप्टरबाटै सिँचाइको व्यवस्था मिलाउने बताएका थिए।
ठकुराठीले नागरिकलाई ३६५ दिननै दसैँ मनाउने व्यवस्था गर्नेदेखि महाकाली नदीमा नेपाली झण्डावाहक पानी जहाज चलाउने चुनावी एजेण्डा बोकेका थिए।