कञ्चनपुरको भीमदत्तको मेयर–उपमेयरमा कांग्रेसको अग्रता
धनगढी: कञ्चनपुर भीमदत्त नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसले फराकिलो मतान्तरका साथ अगाडि छ। वडा नम्बर २ र १ को मतगणना जारी रहँदा मेयरका उम्मेदवार पदम बोगटीले १ हजार २३३ र उपमेयरमा निलम लेखकले ९३९ मत प्राप्त गरेका छन्।
यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार महेश पन्तले ३३३ मत पाएका छन्। उपमेयरकी उम्मेदवार भुवन कुँवरले ३९६ मत ल्याएका छन्। राप्रपाका मेयरका उम्मेदवार गजेन्द्र चन्दले २३२ र उपमेयरमा हेलन श्रेष्ठले १३७ मत ल्याएका छन्। यस्तै मेयरमा समाजवादीका राजेन्द्र पाण्डेयले २२४ र उपमेयरमा माओवादीका कृष्णदत्त जोशीले ५१४ मत प्राप्त गरेका छन्।