कञ्चनपुरको लालझाडी–४ मा माओवादीको प्यानल नै विजयी
२०७९ जेठ १, ०८:४५
धनगढी: कञ्चनपुरको लालझाडी गाउँपालिका–४ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। वडाध्यक्षमा माओवादीका बहादुर राना ५९० मत ल्याउँदै विजयी भएका हुन्।
उनले नेकपा एमालेका ओमप्रकाश रानालाई ११० मतको अन्तरले पराजित गरेका हुन्। एमालेका रानाले ४८०, काँग्रेसका लछमन रानाले ४२७ मत र स्वतन्त्र उम्मेदवार सोमवीर चौधरीले पनि ४२७ मत ल्याएका छन्। उक्त वडामा २४८६ मत खसेका थिए।
कमेन्ट लोड गर्नुस