कैलालीको चुरे क्षेत्रका सामुदायिक वनमाथि छानविन जारी
कैलालीको चुरे गाउँपालिकामा रहेको सिद्ध प्रगतिशिल सामुदायिक वनमा अवैध रुपमा रुख कटानी भएको फेला परेपछि अन्य सामुदायिक वनमा पनि सुरु गरिएको छानविन जारी राखिएको छ। वन डिभिजन कार्यालय कैलालीले सडक निर्माणको नाममा अवैध रुपमा रुख कटानी भएको आशंकमा सिद्ध प्रगतिशिल बाहेकका अन्य सामुदायिक वनमा पनि छानविन गरिरहेको हो। छानविनका क्रममा विभिन्न सामुदायिक बनहरुलाई स्पष्टीकरण सोधिएको छ भने केही सामुदायिक वनले जवाफ पनि दिईसकेका छन्। यस्तै सिद्ध प्रगतिशिल सामुदायिक वनमा अवैध रुपमा रुख कटानी भएपछि २ जना विरुद्ध अदालतमा मुद्ध पनि दर्ता भईसकेको छ।
कैलालीको चुरे गाउँपालिकामा जनप्रतिनिधिहरुकै संग्लनतामा शिद्ध प्रगतिशिल सामुदायिक वनमा अवैध रुपमा रुख काटेको फेला परेपछि अन्य सामुदायिक वनमा पनि अहिले छानविन भईरहेको हो। चुरे क्षेत्रमा रहेका सामुदायिक वनको छानविनका लागि वन डिभिजन कार्यालयले ईलाका वन कार्यालय खानीडाँडालाई पत्र लेखेपछि ईलाका वन कार्यालयले छानविन गरिरहेको वन डिभिजन कार्यालय कैलालीका प्रमुख अमर बुलनले जानकारी दिए ।
छानविन गर्न विभिन्न साुमदायिक वनमा प्राविधिकहरुको टोली पनि परिचालन गरिएको छ भने सामुदायिक वनका पदाधिकारी, उपभोक्ता लगायतका सरोकारवालासंग छलफल पनि जारी राखिएको छ। पहिलो चरणमा अवैध रुपमा रुख कटानीको आशंका गरिएका विभिन्न सामुदायिक बनलाई स्पष्टीकरण सोधिएको छ। तर त्यसमा एउटा मात्रै सामुदायिक वनले अहिले सम्म जवाफ पठाएको ईलाका वन कार्यालय खानीडाँडाले जनाएको छ। ईलाका वन कार्यालय खानीडाँडाका प्रमुख डवल वहादुर बोहोराले जानकारी दिए ।
चुरे गाउँपालिकामा रहेको सिद्ध प्रगतीशिल सामुदायिक वनमा अवैध रुपमा रुख कटान भएपछि सामुदायिक वनका अध्यक्ष हर्कवहादुर साउँद र सडक निर्माण समितिका अध्यक्ष ज्ञानसिह धामी विरुद्ध भने वन डिभिजन कार्यालयले अदालतमा मुद्धा दर्ता गरिसकेको छ। इदपि झण्डै १५ दिन हिरासतमा राखिएका दुवै जना अहिले धरौटीमा रिहा भएका छन्। सिद्ध प्रगतिसिल सामुदायिक वनमा छानविनका क्रममा दर्जनौ रुखहरु टाँचा नलगाएका कटान गरेको फेला परेको थियो। वन डिभिजन कार्यालय कैलालीका प्रमुख अमर वुलनले वनहरुको बारेमा अनुसन्धान भईरहेको बताए ।