सुदूर नेपाललाई विश्वसँग जोड्दै

आलिताल गाउँपालिका–८ को अध्यक्षमा देउवा प्यानलसहित विजयी

२०७९ वैशाख ३१, ०८:५० खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका–८ को अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर देउवा विजयी भएका छन्। उनले ५ सय ९ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्दी नेकपा एमालेका रामचन्द्र पुनले ४ सय १४ मत प्राप्त गरे।

देउवा प्यानसहित वडाध्यक्षमा विजयी भएका थिए। गत स्थानीय तहको निर्वाचनमा यो वडा माओवादी केन्द्रले जितेको थियो। त्यतिबेला देउवा वडा सदस्यमा निर्वाचति भएका थिए। हाल भने उनी अध्यक्षमा विजयी भएका छन्। यस वडामा १ हजार २३९ मत खसेको थियो।

कमेन्ट लोड गर्नुस