सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा कांग्रेसका केन्द्रीय सदस्यविरुद्ध उनकै कार्यकर्ताको नाराबाजी

२०७९ वैशाख ३१, ०६:४७ खबर संवाददाता

अछामः साँफेबगरमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले आफ्नै नेताका विरुद्ध नाराबाजी गरेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोबिन्दबहादुर शाह विरुद्ध नाराबाजी गरेका हुन्।

मतगणना सूचारुका लागि केही पनि समन्वय र भूमिका नखेलेको भन्दै कार्यकर्ता आक्रोसित बनेका थिए। साँफेबगरको क्षेत्रिय पार्टी कार्यालय भित्र बसेका शाहविरुद्धमा नाराबाजी गर्दे कुर्सीसमेत तोडफोड गरेका छन्। जिल्लामा केन्द्रीय सदस्य हुदाँहुदै पनि मतगणनाका लागि कुनै पहल गर्न नसकेको भन्दै कार्यकर्ता आक्रोसित भएका नेपाली कांग्रेसका क्षेत्रिय सचिव भीम कुँवरले जानकारी दिए।

पार्टीको केन्द्रीय नेता भएर पनि समन्वयकारी भूमिका खेल्न नसकेको एकजना कार्यकर्ताले बताए।  

कमेन्ट लोड गर्नुस