बाजुरामा मतगणना गर्न खोज्दा धाँधली, १२ राउन्ड हवाइ फायर
धनगढीः बाजुराको हिमाली गाउँपालिकामा मतगणना सुरु गर्ने तयारी भइरहँदा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। मत पेटिकाको सिल सम्बन्धमा विवाद उत्पन्न भएपछि दुई पक्षबीच झडप भइरहेको छ। दुवैतर्फबाट ढुंगामुढा प्रहार भइरहेको छ।
प्रहरीले १२ राउण्ड हवाई फायर फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले बताए। सशस्त्र प्रहरी परिचालन गरेर स्थिती नियन्त्रणमा लिने प्रयास सफल भइरहेको छैन।