सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमरगढी नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका ऐर विजयी

२०७९ वैशाख ३१, ०३:५३ खबर संवाददाता

डडेल्धुराः नेपाली कांग्रेसले जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–१ को वडाध्यक्ष जितेको छ। कांग्रेसका लोकबहादुर ऐर ५ सय २६ मत ल्याएर पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन्।

ऐर २०७४ को स्थानीय निर्वाचनमा पनि कांग्रेसबाटै वडाध्यक्षमा विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवारले ४ सय ७६ मत पाएका छन्। यस वडामा कूल मतदाता संख्या १ हजार ५ सय ६५ रहेको भएपनि १ हजार १ सय ६५ मत खसेको थियो।

कमेन्ट लोड गर्नुस