दार्चुलाको अपिहिमालमा गठबन्धनको अग्रता, वडा नम्बर १ मा कांग्रेस प्यानलसहित विजयी
दार्चुला: दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार पोखरसिंह लोथ्याल विजयी भएका छन्। उनी प्यानलसहित विजयी भएका बताइएको छ।
लोथ्याल १८३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले १५६ मत ल्याए। यस्तै पालिका अध्यक्षमा पनि गठबन्धनका भगतसिंह ठेकरेले अग्रता लिएका छन्। उनी माओवादी केन्द्रबाट उम्मेदवार हुन्। ठेकरेले ४४६ मत ल्याउँदा एमालेका धर्मानन्द मन्यालले २७४ मत ल्याएका छन्।
यस्तै उपाध्यक्षमा एमालेबाट उर्मिला बोहराको २८८ र गठबन्धनको तर्फबाट कांग्रेस नेतृ देबकी बोहराको ३६५ मत प्राप्त भएको छ।