अछामको रामारोशन–१ मा माओवादीको प्यानल विजयी
२०७९ वैशाख ३१, ०९:५४
अछाम: अछामको रामारोशन गाउँपालिका–१ मलातिकाकोटको वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउद विजयी भएका छ््।उनको पूरै प्यानल नै विजयी भएको हो।
साउद ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन्। कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनले वडा अध्यक्षमा १ सय ६८, नेकपा (एमाले)ले ३ सय ८० मत प्राप्त गरेका छन्।
कमेन्ट लोड गर्नुस