दार्चुलको छांगरु र तिंकरका मतपेटिका हेलिकप्टरमा ल्याइँदै
धनगढी: दार्चुलको व्याँस गाउँपालिका-१ को छांगरु र तिंकरका मतपेटिका हेलिकप्टरमा ल्याउन लागिएको छ। मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छांगरु प्रस्थान गरेको हो।
दुई ओटा मतदान केन्द्र रहेको वडा नम्बर १ को मतपेटिका छांगरुमा राखिएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार मतपेटिका गाउँपालिका केन्द्र सुनसेरा ल्याइनेछ। नेपालतर्फ बाटो नभएकाले हेलिकप्टरमार्फत मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो।
व्याँस गाउँपालिका वडा नम्बर १ का दुई वटा मतदान केन्द्र मोती महिला संघ आधारभूत विद्यालय तिंकरमा १३६ र कैलाशपति आधारभूत विद्यालय छांगरुमा २१० मत गरी कुल ३५५ मत खसेको छ।