भोट हालेपछि भाइरल भेलु बाजे भन्छन्ः कसले जित्दो रछ हेरौँला

धनगढीः सामाजिक सञ्जालमा भाइरल ‘भेल्लु बाजे’ अर्थात मीनबहादुर बुढामगरले प्युठानको प्युठान नगरपालिका ५, जुम्रिकाँडाबाट भोट हालेका छन्। ६१ वर्षीय भेल्लु बाजेले ठूलोगाउँस्थित श्रीसिद्ध माध्यमिक विद्यालयको बुथबाट मत दिएका हुन्। भोट हाल्नुअघि मतदानका लागि र अब मतपरिणाम सुन्न आफू आतुर भएको उनले बताए। उनले भने, 'हेरौँला कसले जित्दो रछ।'
तत्कालीन जुम्रिकाँडा गाविस वडा नम्बर ४ को निर्वाचित पूर्वसदस्य बुढामगर बोल्ने शैलीका कारण अचेल युट्युब र टिकटकमा चर्चित छन्। सामाजिक सञ्जालमा भाइरल भएकै कारण उनले नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिसिरियल ख्याल ठट्टामा अभिनय गर्ने अवसर पाएका छन्।




