सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा खैलाबैलाः मतपत्र च्यातिए, कहाँ-कहाँ भयो मतदान अवरुद्ध ? 

४ जना घाइते

२०७९ वैशाख ३०, ०१:१९ खबर संवाददाता

धनगढीः अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको हो। यस्तै साफेबगर नगरपालिका १३ बाब्लामा पनि मतदान स्थगित भएको छ। कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको हो।

पञ्चदेवल विनायकको झडपमा मतपेटिका तोडफोड गरेर मतपत्र च्यातिएका छन् भने ४ जना घाइते भएका छन्। मतदान सञ्चालन गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको बताइएको छ।


 

कमेन्ट लोड गर्नुस