सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज ६ चर्चित कलाकारको धनगढीमा प्रस्तुती

२०७५ माघ २८, ११:३१ खबर संवाददाता

‘सप्तरङ्ग’ एक पृथक सांगीतिक यात्राका लागि धनगढीमा आज चर्चित कलाकारहरुको प्रस्तुती हुने भएको छ। गृष्मा ब्रोडकाष्टिङ प्रालिको आयोजनामा सद्भाव र ऐक्यवद्धताको मुख्य उदेश्य सहित कार्यक्रमको आयोजना गर्न लागिएको हो। आज कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोक गायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट आउने भएका हुन्। साझ धनगढी स्थीत विकास होटल अगाडी कार्यक्रमको आयोजना हुने छ। ‘सप्तरङ्ग’ माघ १८ गते दमकबाट सुरु भएको छ। माघ २० गते जनकपुर, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेतमा कार्यक्रम भएको थियो। आज धनगढी र फागुन २ गते पोखरामा कार्यक्रम आयोजना हुनेछ।
 

कमेन्ट लोड गर्नुस