सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटक: व्यवसायी उत्साहित

२०७९ वैशाख २७, ०९:०१ रासस

गलेश्वर: राउण्ड अन्नपूर्ण क्षेत्रमा दैनिक डेढसय बढी विदेशी पर्यटक पैदल मार्ग हुँदै आउन थालेपछि यहाँको पर्यटन क्षेत्र पुरानैलयमा फर्किन सुरु भएको छ। कोरोना महामारीका कारण विगत दुई वर्षसम्म सुस्ताएको पर्यटन क्रियाकलापले गति लिन थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्। 

कास्कीको नयाँ पुलबाट सुरु हुने राउण्ड अन्नपूर्ण क्षेत्रमा दैनिक डेढसय बढी विदेशी र करिब ५०० को हाराहारीमा आन्तरिक पर्यटक भित्रिन थालेका अन्नपूर्ण संरक्षण क्षेत्र वीरेठाँटी चेक पोष्टले जनाएको छ। आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा चहलपहल समेत बढ्दै गएको छ भने पूर्वाधार विकासले पनि गति लिन थालेको छ।

कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै जान थालेपछि अधुरा रहेका पूर्वाधार विकासका काम पनि सुरु हुन थालेका घोडेपानीका होटल व्यवसायी सुरेन गुरुङले जानकारी दिए।  गुरुङका अनुसार अन्नपूर्ण पदमार्गमा विशेषगरी जर्मनी, फ्रान्स, इजरायल, अष्ट्रेलिया, अमेरिका बेलायतलगायत देशका पर्यटक बढी आउने गरेका छन् भने पछिल्लो समय आन्तरिक पर्यटक उल्लेख्य बढेको छ।  
 

कमेन्ट लोड गर्नुस