सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सवमा प्रवेश पासको दुरुपयोग

२०७५ माघ २७, ०७:४५ रोशन भट्ट

धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा गेटभित्र प्रवेस गर्न दिएको पास कार्डको दुरुपयो हुदै गएको छ। दैनिक महोत्सव हेर्न जानको लागि र प्रवेस शुल्कमा सहुलेत गर्नको लागि   आयोजकले दिईएको पास कार्डको दुरुपयोग हुदै गएको हो। आयोजक कैलाली उद्योग बाणिज्य संघले विभिन्न राजनीतिक दल, संगठन, पत्रकार तथा अन्यलाई महोत्सव प्रवेसको लागि पास कार्ड दिएको थियो। प्रवेस गर्नेहरुको लागि नै सहुलेत होस भनेर दिएको पास कार्डको दुरुपयोग हुन लागेपछि आयोजकले नै पास कार्डमा कढाईका साथ निगरानी गर्न थालेको छ। समृद्ध सुदूरपश्चिमको लागि आर्थीक समृद्धि भन्ने मुल नाराका साथ धनगढीमा कैलाली उद्योग बाणिज्य संघले माघ २१ गते देखी फाल्गुन २ गते सम्म संचालन हुने गरि महोत्सवको आयोजना गरेको छ। एउटालाई दिएको पास कार्ड बाट अन्य पनि महोत्सव प्रवेस गर्न लागेपछि आयोजकले कढाईका साथ निगरानी गर्न लागेको हो। महोत्सव सुरु भएको सातौँ दिन सम्म २ सय भन्दा  बढी पास कार्ड नियन्त्रणमा लिएको आयोजक कैलाली एद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले बताए। राजनीतिक दललाई दिएको पास कार्डबाट विद्यार्थीहरुले प्रवेश गरेको, पत्रकार दिएको पास कार्डबाट पनि अन्य नागरिकले प्रवेश गरेको भेटिएको आयोजकले जनाएको छ। महोत्सवका बाँकी दिनहरुमा बढी कढाईका साथ निगरनी राख्ने समेत आयोजकले जनाएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस