सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममै पहिलो पटक विभिन्न जातका कुखुरा पालन व्यवसाय सुरु

२०७५ माघ २७, ०५:५३ रोशन भट्ट

सुदूरपश्चिममै पहिलो पटक फरक–फरक जातका कुखुरा पालन सुरु गरि मनग्य आम्दानी गर्न थालिएको छ। कैलालीको गेटामा घिसिङ आर्गानिक फार्म संचालन गरि फरक फरक जातका कुखुरा पालन व्यवसाय सुरु गरिएको हो। कुखुराका प्रजाती कडकनाथ, फाईटर, लौकाट, टर्की बटरटाईन्स लगायत स्थानीय जातका कुखुराहरु सो फार्ममा रहेका छन्। व्यवसायबाट राम्रो आम्दानी भईरहेको भएपनि व्यवसायलाई निरन्तरता दिन भने निकै चुनौती रहेको संचालकहरु बताउन्।
 सुरु सुरुमा यस क्षेत्रका उपभोत्तालाई फरक जातका कुखुराको बारेमा बुझाउन नसकिएकाले आम्दानी गर्न केहि समस्या भएपनि पछिल्लो दिनहरुरमा भने व्यवसायबाट मनग्य आम्दानी भईरहेको छ। कुखुरा फार्ममा कडकनाथ, फईटर, लौकाट, टर्की बटरटाईन्स लगायतका बुखुरा रहेका संचालक मध्यका एक जना सन्तोष देउपालले बताए। देशमा रोजगारीका अवसर पर्याप्त मात्रमा नभएपछि धेरै जसो नेपाली युवाहरु रोजगारीको लागि विदेश जाने गर्दछन्। 
कतिपयले विदेशमा सिकेको सिपको सदुपयोग स्वदेशमा गरि राम्रो आम्दानी संगै व्यवसायबाट अन्यलाई रोजगारी समेत दिने गरेका छन्। यस्तै उद्दारण बनेको छ घिसिङ आर्गानिक फार्म र सन्तोष देउपालको टिम। पछिल्लो समयमा  कडकनाथ,फईटर, लौकाट, टर्की बटरटाईन्स लगायतका अन्य लोकल जातका कुखुराको माग बढि भएपनि बजारमा पुगाउन नसकिएको संचालक समितिले जनाएको छ। कृर्षि पेशमा लाग्ने धेरै जसो किसानले सरकारको सहयोगको ठुलो आपेक्ष राखेका हुन्छन्। 
तर घिसिङ आर्गानिक फार्मले भने कुनै सरकारी तथा गैररसरकारी निकाय बाट कुनै किसीमको अनुदान तथा सहयोग पाएको छैन्। कुखुरा महंगो हुने गरेकाले एउटा मरेपनि धेरै नोक्सान हुने हुदा विमा को व्यवस्था गरिदिन समेत सरकारी निकायलाई आग्रह गरेका छन। एक विगाहा जग्गामा संचालन गरिएको व्यावसायमा धेरैले रोजगारी पाएका छन भने सुदूरपश्चिम बासीले फरक जातका कुखुरा पाल्ने अवसर पनि पाएका छन्। तर सरकारी निकायले कुनै सहयोग नगर्दा व्यवसायलाई निरन्तरता दिन भने चुनौती देखिएको छ। 

 
 

 

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस