सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्ण मल्लले ओलीको चाकरी गर्न थाले: देउवा

२०७९ वैशाख २६, ०६:०३ खबर संवाददाता

धनगढीः प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट निकालिएका नेता कर्णबहादुर मल्लले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चाकरी गरेको आरोप लगाएका छन्। सोमबार गृहजिल्लास्थित गन्यापधुरा गाउँपालिको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। 

‘यहाँ आउलान्, अनेक कुराहरु लगाउँलान्। तर, विश्वास गर्ने कुराहरु छैन,’ देउवाले मल्ललाई इंगित गर्दै भने, ‘कताबाट सञ्चालित हुन् थाहा छैन। तर, अहिले केहीले पार्टी छोडेका छन्। यो विषयमा म धेरै भन्न चाहन्न। मलाइ यो विषयमा कुरा गर्न पनि लाज लागिसक्यो।’ 

कर्ण मल्लले डडेल्धुरामा एमालेसँग तालमेल गरेर एमाले ओलीको चाकरी गर्न थालेको उनको भनाइ छ।  उनले भने, ‘भोलिको दिनमा अगाडी बढाउँला। म पछिको नेता बनाउँला भन्या त ओलीको चाकरी गर्न थाल्यो।’

डडेल्धुरा काँग्रेसका पूर्व पार्टी सभापति कर्णबहादुर मल्ल समूह विद्रोह गरेर काँग्रेस विपीमा मिसिएको छ। आफूहरुमाथि बारम्बार अन्याय भएको भन्दै उक्त समूहले विपीको चुनाव चिह्न करुवाबाट स्थानीय चुनाव लडिरहेको छ। त्यसैका लागि उसले जिल्लामा नेकपा एमालेसँग तालमेल गरेको छ। उक्त समूहले काँग्रेसलाई क्षति गर्नसक्ने भन्दै देउवा गृह जिल्ला पुगेका हुन््। केहीदिन अघि उनकी पत्नी आरजु राणा देउवा समेत गृह जिल्ला डडेल्धुरा पुगेकी थिइन्। 

कमेन्ट लोड गर्नुस