सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवा डडेल्धुरामा

२०७९ वैशाख २६, ०५:२३ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला पुगेका छन्। सोमबार उनी डडेल्धुरास्थित आफ्नो गाउँ गन्यापधुरा पुगेका हुन्। 

स्थानीय निर्वाचन नजिकिएसँगै देउवाले दौडधुप बढाएका छन्। आजमात्रै धनगढीको चुनावी सभालाई सम्बोधन गरेर देउवा डडेल्धुरातर्फ लागेका हुन्। उनले भोलि डडेल्धुरामा कांग्रेसले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। स्थानीय चुनावमा कांग्रेसका पक्षमा माहोल बनाउन देउवा गृहजिल्ला आइपुगेको त्यहाँका नेताहरुले बताएका छन्। 

कमेन्ट लोड गर्नुस