सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिरामीको हवाई उद्धार

२०७९ वैशाख २५, ०८:२१ रासस

रसुवा: दक्षिणी रसुवाको डाँडागाउँबाट एक बिरामीको हवाई उद्धार गरिको छ। यसरी उद्धार हुनेमा रसुवा जिल्ला उत्तरगया गाउँपालिका–२ कटुञ्जे निवासी ७० वर्षकी राधिका सापकोटा रहेकी छिन्।

डाडागाउँ स्वास्थ्य चौकीका (सिअहेव छैटौँ–तह) स्वास्थ्यकर्मी विश्वराम देवकोटाका अनुसार आज बिहान लडेर घाइते भएकाले उनलाई काठमाडौँस्थित न्यूरो अस्पतालमा हेलिकप्टरद्वारा पठाइएको हो। भौगोलिक विकटता भएको उक्त क्षेत्रमा घाइते सापकोटाको स्वास्थ्यमा जटिलता बढेपछि स्वास्थ्यकर्मीको परामर्शमा उनका आफन्तजनले हेलिकप्टर झिकाएको बताइएको छ।

जटिल अवस्थाको बिरामी उद्धारका लागि हिमाली जिल्ला रसुवाका नागरिकले हेलिकप्टर रिर्जव गर्नुपर्ने बाध्यता छ भने समयमै शुल्क बुझाए पनि हेलिकप्टर कम्पनीले अपराह्न मात्र उडान भरेको आफन्तले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस