डडेल्धुराका पन्तलाई राष्ट्रिय पत्रकारिता पुरस्कार
डडेल्धुरा: डडेल्धुराका पत्रकार डीआर पन्तलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ। राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा पन्तसहित ६ जना पत्रकारहरु इकवाल अहमद, ठाकुरप्रसाद बेल्वासे, बालकुमार नेपाल, गंगा बराल र सम्झना वनलाई पुरष्कृत भएका हुन्। पन्त लामो समयदेखि कान्तिपुरमा आवद्ध भएर पत्रकारिता गरिरहेका छन्।
उनीहरुलाई शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले जनही नगद एक लाख र प्रमाणपत्र प्रदान गरेकी छन्। सरकारले हरेक वर्ष राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वरिष्ठ पत्रकारसहितलाई पुरष्कृत गर्दै आएको छ ।