सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली जनपुस्तकालयको वार्षिकोत्सवमा ४ जनालाई पुरस्कार, ८ जनालाई अभिनन्दन

२०७५ माघ २७, ०८:१५

कैलाली जनपुस्तकालयले ६२ औं वार्षिकोत्सवका अवसरमा विभिन्न पुरुस्कारद्वारा श्रष्टाहरुलाई सम्मान गरेको छ। शनिबार भएको ६२ औँ बार्षिकोत्सव र ४२ औँ साधारण सभाको अवसरमा विभिन्न श्रष्टालाई सम्मान गरिएको हो। पुस्तकालयले बर्षेनी प्रदान गर्दे आएको ११ हजार ५ नगद राशिको दीनानाथ राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार प्राध्यापक डाक्टर महादेव अवस्थी, ११ हजार १ सय ११ राशिको कैलाली जनपुस्तकालय पुरस्कार यादवचन्द्र निरौला, ५ हजार ५ नगद राशिको भोजराज– हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कार दामोदर अवस्थी र ५ हजार ५ सय ५५ नगद राशिको यज्ञराज यात्री राष्ट्रिय साहित्य साधना पुरस्कार प्राध्यापक डाक्टर मुकुन्द कलौनीलाई प्रदान गरेको हो। 


समाजसेवी भुवन चन्द, साहित्यकार दिपा ऐर उदासी, समाजसेवी हर्षबहादुर शाही, शिक्षा सेवी ईन्दिरा जैशी, समाजसेवी नरबहादुर बोहरा, मुक्त कमैया आन्दोलनका अभियान्ता यज्ञराज चौधरी, शिक्षा कविता सुनार र साहित्यकार भोजराज ओझालाई पनि सम्मान गरिएको छ। कैलाली जनकपुस्तकालयका अध्यक्ष डाक्टर टीएन जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह रहेका थिए।
कमेन्ट लोड गर्नुस