सुदूर नेपाललाई विश्वसँग जोड्दै

हवाना होटल विस्फोट परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

२०७९ वैशाख २४, ०८:५६ रासस

हवाना: हवानाको मध्य क्षेत्रमा रहेको एउटा सुविधा सम्पन्न होटलमा शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । घटनामा एक स्पेनी पर्यटकसहित २५ जनाको मृत्यु भएको राज्य सञ्चालित टेलिभिजनले शनिबार जनाएको छ। ग्यास चुहावटका कारण शक्तिशाली विस्फोट भएको एक दिनपछि सो घटनाबारे क्युवाको राष्ट्रिय टेलिभिजनले जनाएको छ। 

होटलको स्वामित्वमा रहेको कम्पनीका प्रमुख गाभिओटाका रोबर्टो काल्जाडिल्लाका अनुसार ग्याँस ट्याङ्कर भरिरहेका समय विस्फोट भएको बताए। विष्फोट हुँदा होटलभित्र कर्मचारीहरु यसको पूनर्निर्माण पछिको पुनःस्थापनाको तयारीमा रहेको बताइएको छ। उक्त होटेल आगामी मंगलबारबाट औपचारिकरूपमा पुनः सञ्चालनको तयारी गरिएको थियो।

उद्धारकर्ताहरूले अझै पनि बाँचेकाहरूको खोजीमा प्रतिष्ठित सारातोगा होटेलका बाँकी रहेका स्थानमा खोजी जारी राखेका छन्। घटना स्थानीय समय अनुसार शुक्रबार अधिकारीहरुले विस्फोटमा ५० जनासम्म घाइते भएको हुनसक्ने बताएका थिए। 

“स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले ट्वीटरमा भनेका छन्, “क्युबामा भएको भयानक दुर्घटनामा एक स्पेनी पर्यटकको मृत्यु भएको छ भने अर्का एक स्पेनी नागरिक गम्भीर घाइते भएका छन्। उनीहरू सारातोगा होटलमा विस्फोट हुँदा त्यही होटेलमा रहेको पुष्टि भएको छ।” 

दुर्घटनापछि भग्नावशेषमा पुरिएका मानिसहरू जीवित पाइने आशामा खोजी जारी राखिएको क्युवाली अधिकारीले बताएका क्युवाको उतm टेलिभिजन जानकारी गराएको छ। 

क्युबाका राष्ट्रपति मिगेल डियाज–क्यानेलले ट्विट गर्दै भनेका छन्, “जे भयो, त्यो निकै दुःखको कुरा हो, खासगरी होटेलमा भएको भयानक विष्फोटमा मानवीय क्षति भएको र केही पाहुना र कामदार घाइते भएका छन्। घटनास्थलमा आवश्यक उद्धारका लागि खटिएका सबै उद्धारकर्मीलाई खोजीलाई थप तीब्रता दिन अनुरोध गर्दछु।” 

विस्फोटबाट होटेलको अघिल्तिरको ठूलो भाग भत्किएको टेलिभिजनद्वारा प्रशारित दृश्यचित्रमा देखिएको छ। विक्ष्फोटका कारण होटेलका कैयौँ झ्यालहरू तथा होटेलबाहिर पार्क गरिएका गाडीहरूमा व्यापक क्षति भएको छ। उक्त घटनामा नजिकैको ब्याप्टिस्ट चर्चको गुम्बज पनि ढलेको छ। 

विष्फोटपछि एम्बुलेन्स र दमकलहरू तत्काल घटनास्थलमा पुगी प्रहरी र तालिमप्राप्त उद्धारकर्मीले त्यस इलाकालाई घेरा हाली उद्धार गरिएको थियो। 

राष्ट्रिय राजधानीमा रहेको उक्त होटेलको भवनमा क्युबा क्रान्ति अघि क्युवाको संसद रहेको थियो। सारातोगा होटलमा ९६ कोठा, दुई बार, दुई रेस्टुरेन्ट, स्पा र जिम छन्। सन् १८८० मा व्यापारिक भवनका रूपमा निर्माण गरिएको र संसदका लागि पनि प्रयोग गरिएको उक्त भवनलाई सन् १९३३ पछि होटेलमा परिणत गरिएको थियो।

कमेन्ट लोड गर्नुस