पार्टी पूर्ण रुपमा एकिकरण नहुँदाको परिणाम प्रचण्डको अभिव्यक्ती : नेता रावल
नेपाल कम्युनिष्ट पार्टीका सुदूरपश्चिमका शिर्षस्त नेताहरु गृह प्रदेश आएका छन्। पार्टी एकताको बाँकी काम पुरा गर्न नेताहरु सुदूरपश्चिम आएका हुन्। नेताहरु भिम रावल, लेखराज भट्ट र कर्ण थापा आज धनगढी आएका हुन्। धनगढी विमानस्थलमा नेता भिम रावलले पार्टी एकता पूर्ण रुपमाले नभएकाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति आएको बताए। उनले भने, पार्टी एकिकरणको कामलाई चाँडो सम्पन्न गर्नुपर्छ। एकिकरणको काम पुरा भए यस्ता समस्या नआउने उनको दावी छ। नेकपाका नेताहरु धनगढी आएपछि सुदूरपश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्ट र भौतिक पुर्वाधार विकास मन्त्री पठान सिँह बोहरा बाहेक सबै मन्त्री धनगढी विमान स्थल पुगेका थिए।