सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय निर्वाचनका लागि समावेशिकरणसँगै मतदाता शिक्षा

२०७९ वैशाख २४, १०:२७ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा स्थानीय निर्वाचनमा मानव अधिकार, लैगिंक समानता, समावेशिकरण र सशक्तिकरण विषयक कार्यशाला सम्पन्न भएको छ। बागेश्वरी अशल शासन क्लब (बास) को आयोजनामा जिल्ला सदरमुकाममा एक दिने कार्यशाला सम्पन्न गरिएको हो। 

कार्यक्रममा सहभागीहरुलाई आसन्न स्थानीय तहको निर्वाचनमा महिला तथा सिमान्तकृत समुहका सम्भावित वर्गहरुको क्षमता विकास र शसक्तिकरण संगै मतदाता शिक्षा पनि दिइएको थियो।  आसन्न स्थानीय तहको निर्वाचनमा हालीएका भोटहरु कहिकतै पनि बदर नहोस् भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको बास नेपालका तपेन्द्रबहादुर मलातीले जानकारी दिए। निर्वाचनको समयमा हालीएका भोटहरु बदर नहोस् भन्नका लागि सहभागिहरुलाई नमुना मतपत्रमा भोट समेत हाल्न लगाइएको थियो। 

कार्यक्रममा जिल्लाको अमरगढी नगरपालिका ५ मा रहेका सिमान्तकृत दलित महिलाहरुको उल्लेख्य सहभागिता थियो भने कार्यक्रमले गर्दा मतदाता शिक्षामा अझ बढी जान्ने मौका पाएको सहभागीहरुले बताएका थिए। 
युनएनडिपी, इएसपी र युएन वमेनको सहयोगमा बास नेपालले अहिले लुम्बीनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा यी कार्यक्रमहरु सञ्चालन गरीरहेको छ। 

कमेन्ट लोड गर्नुस