सुदूर नेपाललाई विश्वसँग जोड्दै

१७ जनामा मात्र सङ्क्रमण

२०७९ वैशाख २२, ०७:४२ रासस

काठमाडौँ: कोरोना भाइरसको सङ्क्रमण आज १७ जनामा मात्र देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ८११ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ। 

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २१७ रहेको छ। पछिल्लो समय १५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७३० पुगेको छ। निको हुने दर ९८।८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन। शून्य सङ्क्रमित जिल्ला ३० पुगेका छन्। नेपालमा सङ्क्रमण दर १७.३ प्रतिशत छ। नेपालमा प्रति १० लाखमा ३९३।४ जनाको निधन भएको छ। हाल होम आइसोलेशनमा २१६ र संस्थागत आइसोलेशनमा एक जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा ९२ हजार ८८ जनाले खोप लगाएका छन्। 

कमेन्ट लोड गर्नुस