सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पतालमा क्यान्सर पत्ता लगाउने ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु

२०७९ वैशाख २२, ०५:४७ खबर संवाददाता

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा क्यान्सर पत्ता लगाउन गरिने जाँच अर्थात ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु भएको छ। अस्पतालको ल्याबमा उक्त जाँच गर्न आवश्यक मेशिन राखेसँगै उक्त सेवा सुरु भएको प्याथोलोजिस्ट डा. रतन शाहले बताए।

उनका अनुसार यो सेवा प्रदेशमै पहिलोपटक डडेल्धुरामा सुरु भएको हो। उक्त परीक्षणबाट क्यान्सर हुनसक्ने विशेष दागहरू र शरीरका विभिन्न अंगमा भएका संक्रमणहरु थाहा पाइने डा शाहले बताए। 

हिस्टो प्याथोलोजी सेवाका लागि परीक्षण सफल भएको र अब सेवाग्राहीको जाँच सुरु गरिने बताइएको छ। यो सेवा नहुँदा डडेल्धुरासहित पहाडी जिल्लाका विरामीले महंगो शुल्क तिरेर काठमाडौं अथवा भारत धाउनुपर्ने बाध्यता थियाे। 
 

कमेन्ट लोड गर्नुस