राष्ट्रिय भलिबल : पुलिसको जित
काठमाडौँ: नेपाल पुलिस क्लब छैटौँ संस्करणको जारी राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको आजको खेलमा महिलातर्फ विजयी भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा आज भएको खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै विजयी भएको हो।
पुलिसले एभरेस्टमाथि २५–१८,२५–१९ र २५–१४ को सेटमा जित निकालेको थियो । जितसँगै पुलिसले दुई खेलमा छ अङ्क जोडेको छ। पुलिस अङ्क तालिकाको शीर्ष स्थानमा छ। महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यू डायमण्ड र एभरेस्ट भलिबल क्बल सहभागी छन्।