सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका दुई बक्सिङ खेलाडी सम्मानित 

२०७९ वैशाख २०, ०३:५५ खबर संवाददाता

धनगढी : काठमाडौंको बसन्तपुर डबलीमा सम्पन्न वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गरी पदक जितेका खेलाडीलाई नगदसहित सम्मान गरिएको छ। बक्सिङ प्रतियोगिता वैशाख ६ देखि १० गतेसम्म चलेको थियो। 

प्रतियोगितामा ८१ केजी तौल समूहमा दोस्रो भएका श्यामबहादुर महतालाई नगद १० हजार र ६९ केजी तौल समूहमा तेस्रो भएका भरत चन्दलाई ६ हजार रुपैयाँ नगद वितरण गरिएको थियो। नगद पुरस्कारका लागि नेपाली पश्चिमेली समाज मकाउका वरिष्ठ सल्लाहकार तथा बक्सिङका पूर्व राष्ट्रिय खेलाडी तेजबहादुर चन्द र पदमसिंह पन्तले १६ हजार रुपैयाँ उपलब्ध गराएका थिए। 

बक्सिङ संघका केन्द्रीय सचिव दिनेश सिंह, कैलाली जिल्ला अध्यक्ष रवि रोकाया, सुदूरपश्चिम प्रदेश सदस्य दीपक उपाध्याय र बक्सिङका पूर्व राष्ट्रिय खेलाडी राजेन्द्रसिंह धामीले नगद तथा खादा ओढाएर सम्मान गरेका थिए।

कमेन्ट लोड गर्नुस