सुदूर नेपाललाई विश्वसँग जोड्दै

किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गर्नुपर्ने : हृदयश त्रिपाठी

। फोटो स्रोत ।
२०७५ माघ २५, १२:५९ खबर संवाददाता

सांसद हृदयश त्रिपाठीले किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गर्न माग गरेका छन्। 
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्न सुरु गरेका त्रिपाठीले बिचौलियाकै पक्षमा काम गर्ने मन्त्रालयको आवश्यकता नरहेको बताए। उनले भने, उखु उत्पादक किसानले अझैसम्म भुक्तानि पाउन सकेको छैन। सरकार जसको भए पनि देशका किसानहरु राज्यबाट सँधै उपेक्षित हुँदै आउनुपरेको छ।
सरकार र चिनी उद्योगीको लडाइँमा उखु उत्पादक किसानहरु मर्कामा परेको भन्दै उनले यो लडाइले झण्डै ७० प्रतिशत उखु किसानहरुले गएको वर्षको भुक्तानि पाउन नसकेको उल्लेख गरे। सरकारको कारण यस वर्ष चिनी मिलहरु १ महिना ढिला गरी चलेको भन्दै यो ढिलाइले आगामी जेठ असारमा चिनीको अभाव देखिने उनले दाबी गरे। चिनीको अभाव देखाएर फेरि पनि आयात गर्ने चलखेलमा सरकार र व्यवसायी नै लाग्ने र किसान सधैँ मर्कामा परिरहने बताए।
 

कमेन्ट लोड गर्नुस