सुदूर नेपाललाई विश्वसँग जोड्दै

कन्डमको आयात घट्यो, ९ महिनामा १३ करोडको भित्रियो

फाइल फोटो
फाइल फोटो
२०७९ वैशाख १८, ०१:११ खबर संवाददाता

धनगढीः चालू आर्थिक वर्षको ९ महिनामा कन्डम आयात घटेको भन्सार विभागले जानकारी दिएको छ। चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट १३ करोड ९८ लाख रुपैयाँको कन्डम भित्रिएको छ। जुन, गत आर्थिक वर्षको यही अवधिको तुलनामा ४ करोड ९५ लाख रुपैयाँ कम हो।

गत आर्थिक वर्षको ९ महिने अवधि ९साउन–चैत०सम्ममा १८ करोड ९३ लाख रुपैयाँको कन्डम भित्रिएको भन्सार विभागले जानकारी दिएको छ। त्यस अवधिमा विदेशबाट ५ करोड २२ लाख ५३ हजार वटा कन्डम नेपाल भित्रिएको थियो। यद्यपी, चालू आर्थिक वर्षको ९ महिनामा १ करोड ४० लाख ६४ हजार वटा मात्रै कन्डम भित्रिएको विभागले जनाएको छ।

यसैगरी, गत आर्थिक वर्षभरीमा कूल २४ करोड ३८ लाख रुपैयाँको कन्डम भित्रिएको थियो। गत आर्थिक वर्षमा उक्त मूल्य बराबरको ६ करोड १० लाख ८ हजार वटा कन्डम आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। 

कमेन्ट लोड गर्नुस